संगालोखबर

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ का विजेताहरूलाई सम्मान गरिएको छ । आज विराटनगरमा कोशी प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीले उनीहरूलाई सम्मान गरेका हुन् ।

Advertisement

मिस कोशी बन्न सफल इटहरीकी शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बू, सेकेन्ड रनरअप झापाकी निलम मोक्तान तामाङ, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र पाँचौँ स्थान ओगट्न सफल इटहरीकी स्वस्तिका राई सम्मानित भएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कला र संस्कृतिको उत्थानका लागि भएको मिस कोशीले नवप्रतिभाको उजागर हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । जय मिडिया म्यानेजमेन्टको आयोजनामा आठौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनल धरानमा भएको थियो । गत असार २९ गते धरानमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई उछिन्दै इटहरीकी शुभलक्ष्मी विजेता बनेकी थिइन् ।

उनले नगद एक लाख रुपैयाँ पाउने भएकी छन् भने उनीसँगै अरू विजेताहरूले क्राउन ट्रफीलगायत अन्य विभिन्न उपहार पाउने छन् । विजेताहरूलाई प्रायोजकले घोषणा गरेअनुरूपका पुरस्कारहरू चाँडै उपलब्ध गराइने आयोजक संस्था जय मिडिया म्यानेजमेन्टका अध्यक्ष जयराज रोयले जानकारी दिए ।

सन् २०१४ बाट निरन्तर प्रतियोगिता आयोजना गरिरहेको बताउँदै उनले घोषित पुरस्कार अघिल्ला संस्करणका विजेताहरूले पाएको र यसपालिका विजेताहरूले पनि पाउने दाबी गरे । उनका अनुसार यसपालि प्रतियोगितामा एक सय ५० जना प्रतिस्पर्धीले भाग लिएकोमध्ये २५ जना फाइनल पुगेका थिए ।

मिस कोशी विजेता शुभलक्ष्मी राईले उपाधि जितेसँगै मिस युनिभर्सका लागि तयारीमा रहेको सुनाइन् । यो प्रतियोगिताले आफूलाई थप हौसला मिलेको उनले बताइन् । फस्ट रनरअप निशा लिम्बुले मिस कोशी प्रतियोगितामा प्रतियोगी बन्दा आफूमा आत्मविश्वास बढेको बताउँदै आगामी दिनमा यसै क्षेत्रबाट समाजमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!