सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थल नजिक आज भएको सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये तीनजना विराटनगरका पनि परेका छन् । पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज उड्नासाथ दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् ।  सौर्य एयरलाइन्सको विराटनगरस्थित स्...
सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको जानकारी दिएका हुन् । तीमध्ये कति यात्रु र कति जहाजका कर्मचारी हुन् भन्ने खुलेको छैन। जहाजका पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको पाण्डेले बताएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी ...
सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा जाने क्रममा रनवेबाट दुर्घटनामा परेको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।  विमानस्थलमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विम...
झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापा । झापाको अर्जुनधारामा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय बासिन्दाको घर नजिकै रहेको धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–१ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् । घटनास्थल पुगेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरील...
लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् । आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गरेका हुन् । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा रहेका छन्...
आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

विराटनगर । देशभरिमा सबैभन्दा धेरै आत्महत्याको घटना कोशी प्रदेशमा हुने गरेको पाइएको छ । वरिष्ठ प्रहरी अधिकारीसहित सम्मिलित टोलीले हालै गरेको एक अध्ययनमा यस्तो पाइएको हो । अध्ययनअनुसार कोशी प्रदेशमा १ लाखमा ३० जनाले आत्महत्या गर्छन् । एक तथ्याङ्कअनुसार हरेक वर्ष कोशीमा आत्महत्याका १ हजार ५ सय घटना हुने गरेका छन् । आत्महत्याका घटना धेरै हुनेमध्ये दोस्रोमा बागमती प्रदेश र तेस्रोमा लुम्बिनी पर्छन् ।...
पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात बढेको छ । नेपालमा कोदो उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार अघिल्लो आर्थिक वर्षमा ५१ करोड ३१ लाख २० हजार मूल...
२०८१ साउन ९ गते बुधबार/आजको राशिफल

२०८१ साउन ९ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ साउन ०९ गते बुधबार ई.सं.२०२४ जुलाई २४ नेपाल सम्वत् ११४४ दिल्लागा तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण तृतीया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सौभाग्य योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा...
एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

विराटनगर । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह 'ए' बाटै बाहिरिएको छ । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् । ...
सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने प्रक्रिया अघि बढाएको हो । सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल ...
कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विभिन्न शीर्षकमा ९ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ३८७ मुद्दा दर्ता भएको उल्लेख गरेको छ । सामाजिक अपराध शीर्षकमा १ हजार ५७४, आत्महत्या शीर्षकमा १ हजार ५५४, लागूपदार्थसम्बन्धी १ हजार ३९, बैङ्किङ कसुरमा १ हजार ४ मुद्दा दर्ता भएको कोशी...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने भन्दै धम्क्याएको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बताएका छन् । आफूलाई टेलिफोनबाट कुटपिट गर्ने धम्की दिइएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेला आयोजित खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि न...
 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ । पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । उनको मृत्यु शङ्...
बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

खोटाङ । खोटाङको रावाबेसीमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेकबहादुर नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  नेपालीले ती युवतीलाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्...
सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

ताप्लेजुङ । सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते भएका छन् । साउन ४ देखि ६ गतेको अवधिमा जिल्लाका बेग्लाबेग्लै स्थानमा तीनजनालाई सर्पले टोकेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङगेलीका अनुसार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ५२ वर्षीय भीमबहादुर राईलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई झापाको...
मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–७ हल्दिबारीकी ५१ वर्षीया पन्तीदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा टिनको छानामा राखिएको फलामको रड निकाल्ने क्रममा उनलाई गएराति अचानक करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो । अस्पताल ल्या...
धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटा । धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पङ्ख्यक आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको कामले गति लिएको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको सङ्ग्रहालयको काम धमाधम भइरहेको हो । धनकुटा नगरपालिका–४ स्थित बिहिवारे हटिया छेउमा सङ्ग्रहालय निर्माणको काम भइरहेको छ । धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो ।  तीन वर्षअघि थालिएको...
१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

झापा । झापाको काँकडभिट्टा नाका हुँदै आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।  उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको तथ्याङ्क छ । उक्त नाकाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए । यो न...
छिमेकीको हत्या गरेको आरोपमा पक्राउ

छिमेकीको हत्या गरेको आरोपमा पक्राउ

सिरहा । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका ५२ वर्षीय बचाइ महतो रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार उनले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको खुलेको थियो । प्रहरीका अनुसार लामो समयदेखि जग्गाक...
धनकुटाको महालक्ष्मीका कृष्णबहादुरलाई पुर्ख्यौली पेशा नै भरपर्दो

धनकुटाको महालक्ष्मीका कृष्णबहादुरलाई पुर्ख्यौली पेशा नै भरपर्दो

धनकुटा । धनकुटाको महालक्ष्मीका कृष्णबहादुर विश्वकर्मा आफ्नो पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी गरिरहेका छन् । काठका विभिन्न हस्तकला सामग्रीलाई आधुनिक रूप दिएर उनले मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गा घर भएका विश्वकर्माले धनकुटाको हिलेमा कोसेली घर एण्ड पञ्चकन्या घरेलु ठेकी, तोङ्बाका भाँडा बनाउने उद्योग सञ्चालन गरेका छन् । २०६३ सालमा कामको ख...
एसिया कपः समूह चरणको अन्तिम खेलमा भिड्दै नेपाल–भारत

एसिया कपः समूह चरणको अन्तिम खेलमा भिड्दै नेपाल–भारत

विराटनगर । श्रीलङ्कामा जारी महिला एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजे श्रीलङ्कास्थित दाम्बुला स्टेडियममा हुनेछ । एक–एक खेल बाँकी रहँदा समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले दुई खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ । एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको ...
विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि यो वर्ष ६६ वटा देशमा एक लाख १२ हजार ५९३ विद्यार्थीले अनुमति पत्र लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार २०८० साउन १ देखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र लिनेमा सबैभन्दा बढी जापानमा ३४ हजार ७३१ जना रहेका छन् । त्यसैगरी, क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जन...
२०८१ साउन ८ गते मंगलबार/आजको राशिफल

२०८१ साउन ८ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ साउन ०८ गते मंगलबार ई.सं.२०२४ जुलाई २३ नेपाल सम्बत ११४४ दिल्लागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण द्धितीया, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, आयुष्मान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ०६ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जु...
विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । बाढी, पहिरोलगायत विपदका घटनामा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा दुई जना तथा कोशी प्रदेशमा २२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विभिन्न जिल्लामा भएका घटनामा १४४ जना ...
बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

बीच सडकमै गाडी, सडक पेटीमा व्यापार र पार्किङ (बेथितिका तस्बिरहरू)

विराटनगर । हरेक वर्ष ट्राफिक सप्ताह मनाइन्छ । यस वर्ष पनि कोशी प्रदेशमा हालै ‘दुर्घटनामुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’ भन्ने नारासहित धुमधामसाथ ट्राफिक सप्ताह मनाइएको थियो । ट्राफिक सप्ताहमा मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्री, डिआइजी र सरोकारवाला लगायतको उपस्थिति थियो । दुर्घटना न्यूनीकरणका विषयमा बृहत् कार्यक्रम भयो । तर त्यसको प्रतिफल भने शून्य छ । सडकमा प्रभावकारी रूपमा...
एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को अवधिमा सवारी दुर्घटनामा परी ३९७ जना मानिसले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार ३ हजार ५६३ दुर्घटनामा ३९७ जनाको मृत्यु भएको हो । दुर्घटनाहरूमा ६ हजार ७६ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९/८० मा भएका ३ हजार ५१० दुर्घटनामा ४१२ जनाको मृत्यु भएको थियो । यसैगरी २०८०/८१ मा २ लाख ५...
पूर्वी नाकाबाट १८ अर्बभन्दा बढीको कृषिजन्य र औद्योगिक वस्तु निर्यात

पूर्वी नाकाबाट १८ अर्बभन्दा बढीको कृषिजन्य र औद्योगिक वस्तु निर्यात

झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका काँकडभिट्टाबाट निर्यात उल्लेख्य बढेको पाइएको छ । एक वर्षको अवधिमा कृषिजन्य र औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार उक्त आर्थिक वर्षमा १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ । सोही अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरक...
सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का विष्णु परियारकी सात वर्षीया छोरी बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौ...
विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगर । साउन महिनाको पहिलो सोमबार आज विराटनगरमा रहेका विभिन्न शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनको चहलपहल देखिएको छ । महानगर र आसपास क्षेत्रमा रहेका शिवालयहरुमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना गर्न भेला भएका छन् । विराटनगर महानगरपालिका–७, स्थित बनसखण्डी शिव मन्दिर, बरगाछीमा रहेको श्रीश्री १००८ बाबा बाशुकीनाथ महादेव मन्दिर, विराटनगर–६ स्थित बाबा गरिबनाथ शिव मन्दिर, विराटेश्वर शिव मन्दिरलगाय...
पूर्वराज्यमन्त्री रायको हत्या

पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाही । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित घरमा उनको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या कसले किन गरेको हो भन्ने खुलिसकेको छैन । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था...
असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

झापा । झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि उनीहरु घर फर्किएका हुन् । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुका अनुसार नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी छन् । चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशम...
error: Content is protected !!