दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

विराटनगर । दक्षिण कोरियामा दुई जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अनुसार आइतबार दुई जनाको मृत्यु भएको हो । दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको छ । एनआरएनएका अनुसार उनी केही दिनदेखि उपचाररत थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी क्षयरोगबाट पीडित थिए । यस्तै अर्का ३९ वर्षीय युवाको हृदयघातका कारण मृत्यु भएको हो ।
चौबिसेको कौशिका धाम ओझेलमा

चौबिसेको कौशिका धाम ओझेलमा

धनकुटा । धनकुटाको चौबिसेमा रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल कौशिका धाम ओझेलमा परेको छ । पर्याप्त पूर्वाधार विकास र बाह्य प्रचारप्रसार नहुँदा कौशिका धाम ओझेलमा परेको हो । चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङस्थित त्रिवेणी घाटमा कौशिका धाम छ । कौशिकालाई पवित्र तीर्थस्थल तथा पुण्य धामको रूपमा समेत मानिन्छ । तमोर नदी, तेलिया र छरुवा खोलाको संगम स्थलमा कौशिका धाम पर्दछ । पद्मपुराणमा कौ...
झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिका-१ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दीबारी-१ का २० वर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ का २३ वर्षीय सक्षम भट्टराईलाई पक्राउ परेका हुन् । उनीहरूको साथबाट पाच सय १० मिलिग्राम ब्राउन सुगर ...
केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

विराटनगर । ताप्लेजुङमा केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्नेसम्मको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रेस विज्ञप्ति जारी गर्दै सो समूहले एक्कासि ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गर्न थालेपछी उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीले आत्मरक्षाको अन्तिम विकल्पको रूपमा हवाई फायर गर्ने सम्मको अवस्था आएको जनाएको हो । पाथीभरा मुक्कुमलुङ केबलकार द...
२०८१ माघ १४ गते सोमबार/आजको राशिफल

२०८१ माघ १४ गते सोमबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ १४ गते सोमबार ई.सं.२०२५ जनवरी २७ नेपाल सम्वत् ११४५ पोहेलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण त्रयोदशी, चन्द्रमा धनु राशिमा, मूलनक्षत्र, हर्षणयोग, गरकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ०५ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनुराशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दाआफ्नोपुरा शरीर ऐना हेरे...
पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

विराटनगर । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादका कारण सो क्षेत्र अशान्त बन्दै गएको छ । पहिचान पक्षधरले केबलकार निर्माण गर्न नदिने अडान कस्दा बनाउन दिने र नदिने पक्षबीचको विवाद झडपमा मात्र सीमित नभएर गोली चल्ने सम्मको अवस्थामा पुगेको छ । शनिबार पहिचान पक्षधरले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलायो । सुरक्षाकर्मी र आन्दोलनरत पक्षका केही घाइते समेत भए । ताप्...
प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत निर्वाचित भएकी छन् । ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भएकी छन् । उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत निर्वाचित भएक...
भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

विराटनगर । भारतबाट उद्धार गरिएका विराटनगरका पाँच जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । विभिन्न समयमा हराएका दुई बालक र तीन बालिकालाई आज परिवारको जिम्मा लगाइएको हो । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवस...
धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटा । धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा बरामद गरिएको उक्त परिमाणको गाँजा धनकुटा-९ मुलघाट स्थित तमोर नदि किनारमा जलाएर नष्ट गरिएको हो । साँगुरीगढी गाउँपालिकाबाट विभिन्न समयमा बरामद भएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुमन खड्काले बताए । प्रहरीले साँगुरीगढीको भेडेटार र चाँदीबजारबाट विभिन्न समयमा गाँजा बरामद गरेको थियो ।
इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

विराटनगर । इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । शुक्रबार उपमेयर सङ्गीता चौधरीसहित वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि आक्रामक ढङ्गबाट प्रस्तुत भएपछि कर्मचारी आन्दोलित भएका हुन् । आज केहीसमय आन्दोलन गरेर कर्मचारीहरू काममा फर्किएका थिए । प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताका अनुसार जनप्रतिनिधिहरूले प्रशासन शाखा प्रमुखलाई थर्काएको विषयलाई लिएर कर्मचारीहरू आन्दोलि...
पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

विराटनगर । पहिचान पक्षधरले माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । आज विज्ञप्ति जारी गर्दै मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गर्ने उनीहरूले घोषणा गरेका हुन् । उनीहरूले विभिन्न मागसहित अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । उनीहरूले मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । चन्द्र ढक...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइएको छ । आज उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो । झडपमा गम्भीर घाइते भएका धर्म पालुङ्वा, सगुन लावती र यामबहादुर लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अन...
विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगर । विराटनगरबाट हराएका पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शनिबार तीन जना बालक र दुई जना बालिकालाई बिहारबाट उद्धार गरेर विराटनगर ल्याइएको हो । सात देखि १७ वर्ष उमेर समूहका उनीहरूमध्ये दुई जना एक वर्ष अघि र तीन जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरूको घर विराटनगर १, ८, १४ र १९ नम्बर वडामा पर्छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरूलाई राष्ट्र...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी भएको छ । शनिबार पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटर माथिको क्षेत्रमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप भएको हो । झडपमा २६ जना घाइते भएका छन् । जसमा २१ जना सुरक्षाकर्मी र पाँच जना आन्दोलनकारी छन् । आन्दोलनरत पक्षले प्रहरीले पाँच जनालाई गोली हानेको दाबी छ । गोली लागेका मध्ये तीन जनाको अवस्था ...
२०८१ माघ १३ गते आइतबार/आजको राशिफल 

२०८१ माघ १३ गते आइतबार/आजको राशिफल 

बि.सं.२०८१ माघ १३ गते आइतबार ई.सं.२०२५ जनवरी २६ नेपाल सम्वत् ११४५ पोहेलागा द्वादशी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण द्वादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठानक्षत्र, व्याघातयोग, कौलवकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै ...
राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रन्छ : अर्थमन्त्री पौडेल

राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रन्छ : अर्थमन्त्री पौडेल

विराटनगर । सङ्घीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रिने बताएका छन् । आज विराट एक्स्पो-२०२५ को उद्‌घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीति नीति मध्येको मुख्य नीति हो’, अर्थमन्त्री पौडेलले भने, ‘राजनीति बिग्रियो भनेदेखि अर्थतन्त्र बिग्रिन्छ । समाजका यावद प्रबन्धहरू बिग्रन्छन् । त्यसकारण राजनीति दुरुस्त नभइकन अर्थतन्त्र दुरुस्त ह...
आठौं संस्करणको विराट एक्स्पो सुरु

आठौं संस्करणको विराट एक्स्पो सुरु

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो सुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्‌घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित चार देशका दुई सय ६८ स्टल रहेका छन् । मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, संघ प्रदेश र स्थानीय तहका करका दर...
२०८१ माघ १२ गते शनिबार/आजको राशिफल

२०८१ माघ १२ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ माघ १२ गते शनिबार ई.सं.२०२५ जनवरी २५ नेपाल सम्वत् ११४५ पोहेलागा एकादशी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण एकादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, ध्रुवयोग, बवकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै...
सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

विराटनगर । सङ्खुवासभामा बोलेरो गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान मकालु गाउँपालिका-५ रानी ढुङ्गा स्थित कोशी राजमार्गमा नुमबाट खाँदबारीतर्फ जाँदै गरेको ग १ ज ४९७३ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर-५ का २४ वर्षीय जीवन अधिकारी र बोलेरो चालक खाँदबारी नगरपालिका-११ का २९ वर्षीय कविराज श्रेष्ठ घाइते भएका छन् । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाए...
युवा जनसहभागिता विद्यालयले स्थापना दिवस मनायो

युवा जनसहभागिता विद्यालयले स्थापना दिवस मनायो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ स्थित युवा जनसहभागिता आधारभूत विद्यालयले स्थापना दिवस मनाएको छ । बिहीबार विद्यालयले खेलकुदसँगै विभिन्न सांस्कृतिक कार्यक्रम कार्यक्रम गर्दै ३९ औं स्थापना दिवस मनाएको हो । विद्यालयले आन्तरिकतर्फ कक्षा १ देखि ३ सम्म चम्चा दौड,  कक्षा ४ देखि ५ सम्म हाजिरीजबाफ र कक्षा ६ देखि ७ सम्मका छात्राहरूको लागि बोरा दौडको आयोजना गरेको थियो । यसैगरी नगरभित्रका पाँच व...
अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शिल्ला श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । १३ वर्षीया श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै दुई विधामा प्रतिस्पर्धा गरेर दुई स्वर्ण पदक जितेकी हुन् । प्रशिक्षक सागर राउतका अनुसार उनले जुनियर कुमुते विधाको ३५ किलो तौल समुह र काता विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।
इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलाम । इलाममा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । रोङ गाउँपालिका-४ बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । बिहीबार प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुर्याेदय नगरपालिका-८ का ३१ वर्षीय मुस्कान तामाङ र सुर्याेदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङ पक्राउ प...
विराटनगरसहित तराइका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

विराटनगरसहित तराइका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

विराटनगर । बाक्लो हुस्सु र शीतलहरले विराटनगरको जनजीवन प्रभावित भएको छ । आज बिहानै देखिको शीतलहरले जनजीवन प्रभावित भएको हो । विगत केही दिनदेखि हुस्सु र कुहिरो लागेपनि आजबाट शीतलहर सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तराई मधेसका धेरै भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर ...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबार चार सय रुपैयाँले घटेको सुन आज प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार आठ ...
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण 

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण 

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् । त्यसैगरी सदस्यमा नम्रता न्यौपाने, एलिसा ...
२०८१ माघ ११ गते शुक्रबार/आजको राशिफल

२०८१ माघ ११ गते शुक्रबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ ११ गते शुक्रबार ई.सं.२०२५ जनवरी २४ नेपाल सम्वत् ११४५ पोहेलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण दशमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधानक्षत्र,वृद्धियोग, विष्टि/भद्राकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दाजौ मुख...
धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

धनकुटा । धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट पत्रकारहरूले धनकुटा-७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीहरूलाई स्विटर, टोपी, कपी र कलम प्रदान गरेका हुन् । सदैझै यो वर्ष पनि धनकुटाका एक दर्जन बढी पत्रकारहरूले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खे...
धनकुटाको लेगुवामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

धनकुटाको लेगुवामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवा स्थित राम बजारमा अनुगमन गरिएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख आनन्द डङ्गोल नेतृत्वको टोलीले अनुगमन गरेको हो । किराना पसल, होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनमा म्याद नागेका खाद्य तथा पेय पदार्थ भेटिएको थिए । नौ हजार नौ सय ६४ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट गरिएको छ । ...
धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ बाट प्रतिबन्धित लागूऔषधसहित जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा –७ का २१ वर्षीय किरण राई रहेका छन् । उनको साथबाट लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला परेको थियो । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ...
विराटनगरमा मापदण्डविपरीत रात्रिकालीन व्यवसाय सञ्चालन

विराटनगरमा मापदण्डविपरीत रात्रिकालीन व्यवसाय सञ्चालन

विराटनगर । विराटनगरमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । रात्रिकालीन सञ्चालन हुने होटल, गीत-गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई बुझाएको प्रतिवेदनमा यस्तो पाइएको हो । अनुगमनका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर-२ का अ...
विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर 

विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर 

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय मोरङको  आयोजना तथा नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम तथा मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । आजबाट शिविरको पहिलो दिन विराटेश्वरमा ४७ जनाको स्वास...
error: Content is protected !!