संगालोखबर


इलाम । इलाम नगरपालिका-८ स्थित बज्रदेवी क्षेत्रमा आज दिउँसो बोलेरो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।

झापाबाट आउँदै गरेको प्र १-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेको हो । दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा झापाको कन्काई नगरपालिका-९ का ४० वर्षीय नाजु आलम, सोही स्थानका ४७ वर्षीय गोपालप्रसाद दुलाल, सुनसरीको धरान-१० की ३६ वर्षीया रिता चेम्जोङ र गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ का ३३ वर्षीय रमेश चेम्जोङ घाइते भएका छन् ।

यस्तै झापाको दमक नगरपालिका-७ का २२ वर्षीय रोहिन लावती, सुनसरीको धरान उपमहानगरपालिका-१० का ७३ वर्षीय महेश कुमार राई र उनका छोरा ३४ वर्षीय मनकुमार राई घाइते भएका प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!