लचिलो मौद्रिक नीतिले व्यवसायीलाई राहत : महासङ्घ कोशी प्रदेश
विराटनगर । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्रको शिथिलता चिर्ने प्रतिक्रिया दिएको छ । चालु पुँजी कर्जा मार्गदर्शनको अवधि थपले व्यवसायीलाई केही सहज भए पनि उद्योगको वर्गीकरण र बिक्रीको अनुपातमा चालु पुँजी कर्जाको सीमा नहेरिएको महासङ्घको भनाइ छ ।
संघका अध्यक्ष राजेन्द्र राउतले मौद्रिक नीति लचिलो आएका कारण व्यवसायीले राहत महसुस गरेको बताए । संस्थागत सेय...






























