
सिरहा । सिराहाको लहानस्थित हस्पिटल चोकमा गोली हानेर ६ जना लागूऔषध काराेबारीलाई पक्राउ गरिएको छ ।
कारबाहीका क्रममा ५ जना भारतीय र १ जना नेपाली नागरिक पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।
पक्राउ परेकाहरूको साथबाट लागूऔषध खैरो हेरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको हाे ।
घटनामा १ भारतीय र १ नेपाली नागरिकको खुट्टामा गोली लागेको छ । दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















