सप्तकोसी नदीमा हामफालेका व्यक्तिको मृत्यु
विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट सप्तकोशी नदीमा हामफालेका व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान १०ः४५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकरजंग राईले सप्तकोसीको पुलबाट नदीमा हामफालेका थिए ।
प्रहरीले जानकारी पाउनासाथ उनलाई उद्दार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो । प्रहरीका अनुसार उनको उपचारकै क्रममा मृत...





























