संगालोखबर


विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनले मनोनयन दर्ता गराएका छन् । गठबन्धनले महिला तर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उमेदवारको रुपमा अघि सारेको छ ।

सुनिल थापाको समर्थक रेगिना भट्टराई र प्रस्तावक उद्धव थापा छन् । रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावक छन् ।

Advertisement

पोर्तेलको प्रस्तावक छवि चुडाल र समर्थक एकराज कार्की छन् । कोशीबाट राष्ट्रिय सभा सदस्यमा तीन जना चयन हुनेछन् । सोही अनुसार एमालेले २ र काँग्रेसले एक जना उम्मेदवार बनाएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १ सय ३५ छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!