संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा दुई जना मृत फेला परेका छन् । सहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिकामा दुई जना मृत फेला परेका हुन् । मंगलबार राति सहिदभूमि-७ फुर्केडाँडामा सोही वडाको गैरीगाउँकी अन्दाजी ४४ वर्षीया पूर्णिमा मगर मृत फेला परेकी हुन् ।

उनलाई सानो गोरेटो बाटोबाट करिब १५ मिटर तल झरेको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए ।

Advertisement

यस्तै आज बिहान ८ बजे महालक्ष्मी-१ का ४३ वर्षीय टंक बहादुर राय बाटोमा मृत फेला परेका हुन् । उनलाई सोही स्थानको दमारस्थित भित्री बाटोमा मृत फेला पारिएको इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए । दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!