संगालोखबर


विराटनगर । अनलाइन व्यापारका नाममा अवैध कपडा ओसार-पसार गर्ने एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका-७ का २५ वर्षीय दिनेश माझी छन् ।

उनलाई सोमबार दिउँसो विराटनगर-१५ भट्टाचोकबाट ८३ थान साडीसहित पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् ।

Advertisement

प्रदेश १-०२-०४० प ७९८२ नम्बरको मोटरसाइकलमा ‘नेपाल क्यान मूभ’ लेखिएको रातो रङको ठूलो ब्याग लोड गरेर भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेका उनलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । ब्याग खोलेर हेर्दा अनलाइन व्यापारका लागि भन्दै शंकास्पद किसिमको बिल बनाएको देखिएको डीएसपी चुडालले बताइन् ।

‘ब्यागभित्र भएको कपडा र बिलमा उल्लेख गरिएको विवरण नमिलेपछि कपडासहित मानिस नियन्त्रणमा लिइएको हो’, उनले भनिन्, ‘बरामद भएको साडी करिब २ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ ।’

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बरामद भएको कपडा र मोटरसाइकलसहित विराटनगर भन्सार कार्यालयमा बुझाइएको डीएसपी चुडालले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!