
विराटनगर । ब्लड क्यान्सर रोगबाट पीडित ११ वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । आज आफन्तले विराटनगरमा पत्रकार सम्मेलन गर्दै तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित बनेका राजवीर ठाकुरको उपचारका लागि सहयोगको अपिल गरेका हुन् ।
बालककी सानीआमा लक्ष्मी ठाकुरले आर्थिक अवस्था कमजोर हुँदा थप उपचारमा समस्या भएको बताइन् । उनका अनुसार बालककी आमा राधादेवी ठाकुरको माइत विराटनगर-९ स्थित घोगापुल चोक हो ।
उनको विवाह भारतको पूर्णियाका रिङ्कु ठाकुरसँग भएको थियो । उनीहरूसँगै आफन्तको पनि आर्थिक अवस्था कमजोर हुँदा बालकको उपचारमा समस्या भएको छ ।
बालकको उपचारमा हालसम्म १८ लाख बढी खर्च भइसकेको र बोनम्यारो ट्रान्सप्लान्टका लागि अझै १६ लाख भारु लाग्ने उनले बताइन् । बालकको अहिले भारतस्थित क्रिश्चियन मेडिकल कलेजमा उपचार भइरहेको उनले सुनाइन् ।
बालककी आमा राधादेवीको नाममा रहेको विराटनगरको सिदार्थ बैंकको खाता नम्बर ००७२०८०९२०० मार्फत सहयोग गर्न सकिने लक्ष्मीले बताइन् ।

संगालोखबर 
















