संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगर-१३ स्थित दिव्य ज्योति आँखा अस्पताल अगाडिबाट स्रोत नखुलेको रकमसहित आज दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१० का ३६ वर्षीय उमेश साह छन् ।

भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर चेकजाँच गर्दा श्रोत नखुलेको रकम फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

साहले लगाएको हेलमेट र शरीरको विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

उनले रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!