
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी-१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनी २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । हालै उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् ।

संगालोखबर 















