संगालोखबर


विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी मनिष खवासलाई आर्थिक सहयोग गरिएको छ । अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएपछि उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।

कक्षा १० मा अध्ययनरत खवासलाई विद्यालय, शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ४२ हजार चार सय १० रुपैयाँ सहयोग प्राप्त भएको हो । सो रकम उनका अभिभावकलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

Advertisement

उनको उपचारका लागि विद्यार्थीहरूले पनि रकम सहयोग गरेका विद्यालयका प्रधानाध्यापक केशर बहादुर बानियाँले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!