संगालोखबर


खोटाङ । खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र लिएका छन् ।  २०१३ साल फागुन ७ गते जन्मिएका उनले जिल्ला प्रशासन कार्यालयबाट आइतबार पहिलो पटक नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

नागरिकता नहुँदा छोरा-छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित हुनुपरेपछि ढिलै भएपनि नागरिकता लिएको उनले सुनाए । १४ वर्षको उमेरमै रोजगारीको सिलसिलामा भारत गएका उनी ५६ वर्षको उमेरमा जिल्ला फर्किएर नागरिकता लिएका हुन् ।

Advertisement

उनले भारतबाट फर्किएर कञ्चनपुरमा मजदुरीको काम गर्न थालेको र त्यही विवाह भएको बताए । उनका २२ र आठ वर्षका दुई छोरी छन् ।

घर छाडेको ५६ वर्षपछि जिल्ला फर्किएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुरको सनाखतमा प्रशासनले नागरिकता दिएको छ । आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरूको जन्मदर्ता गर्ने बाटो खुलेको केशरबहादुरले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!