संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनको तयारी थालिएको छ । लामो समयदेखि मन्त्री परिवर्तन गर्ने चर्चा चल्दै आएकोमा अब कार्यान्वयन हुने भएको छ ।

सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली काँग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हो । एमालेबाट मन्त्री बन्ने आकांक्षीको सूचीमा ६ जनाको नाम समावेश छ । जसमध्ये चार जना मन्त्री बन्नेछन् ।

Advertisement

एमालेबाट मन्त्री बन्ने सूचीमा बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहताको नाम छ ।

नेपाली काँग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भएको जनाइएको छ । काँग्रेसबाट मन्त्री बन्ने सूचीमा मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी र प्रदीप सुनुवारको नाम छ ।

वर्तमान सरकारमा एमालेबाट राम राना, पाँचकर्ण राई, रेवतीरमण भण्डारी र एकराज कार्की मन्त्री छन् । काँग्रेसबाट भूपेन्द्र राई, खगेनसिंह हाङ्गाम र सदानन्द मण्डल मन्त्री छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!