संगालोखबर


विराटनगर । धनकुटाका एमाले नेता इन्द्रमणि पराजुली कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्रीमा नियुक्त भएका पराजुलीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनियताको सपथ खाएका छन् । धनकुटा प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका पराजुली एमाले कोशी प्रदेशका सचिवालय सदस्य पनि हुन् ।

Advertisement

एमाले धनकुटाका पूर्व अध्यक्ष समेत रहेका पराजुली दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!