संगालोखबर
फाइल तस्बिर

विराटनगर । उदयपुरमा बेवारिसे अवस्थामा फेला परेको गाँजा प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका-४ बगाहा खोलास्थित काँसघारीबाट ३० किलो गाँजा बरामद भएको हो ।

प्रहरीका अनुसार झोलामा लुकाएर राखिएको अवस्थामा फेला परेको गाँजा कसको हो भन्ने खुल्न बाँकी छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै मोरङको सुनवर्षी-१ बाट लागूऔषध ब्राउन सुगरसहित पथरी शनिश्चरे-६ का विवेक तिमल्सिना पक्राउ परेका छन् । चेकजाँचका क्रममा उनको साथबाट ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!