
झापा । झापामा जंगली हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका-३ स्थित कालिका सिमसारतर्फ जाने बाटो नजिक डाँडागाउँमा आज बिहान भाले हात्ती मृत फेला परेको हो ।
बस्तीको छेउमै हात्ती मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हात्तीको मृत्युको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइने वन कार्यालयले जनाएको छ ।
यस वर्ष झापामा हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाइसकेका छन् । यसअघि पनि जिल्लामा एउटा हात्ती मृत फेला परिसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

संगालोखबर 
















