हराएको एक सातापछि खोलामा भेटियो केराबारीका वीरबहादुरको शव
विराटनगर । मोरङको केराबारी गाउँपालिका-२ का एक पुरुष मृत फेला परेका छन् । हराएको एक सातापछि ३६ वर्षीय वीरबहादुर लिम्बूको शव फेला परेको हो ।
केराबारी-२ स्थित समेवा खोलामा बुधबार साँझ उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बू असार १३ गतेदेखि सम्पर्कविहीन भएका थिए । हराएका लिम्बूलाई प्रहरी र आफन्तले खोजतलास गरिरहेका थिए ।
खोजी गर्ने क्रममा खोलामा शव फेला परेको प्रहरीले जनाएको छ...




























