संगालोखबर


विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का दुई जनाले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट दलित कोटामा खेमराज सुन्दास र महिला कोटामा नमिता न्यौपानेले मनोनयन दर्ता गराएका हुन् ।

सुन्दासको प्रस्तावकमा सपना परियार र समर्थकमा नमोनारायण माझी रहेका छन् । न्यौपानेको प्रस्तावकमा गणेश उप्रेती र समर्थकमा गीता तिम्सिना रहेका छन् ।

Advertisement

नेकपाले ‘अन्य’ समूहका लागि हेमराज घिमिरेलाई उम्मेदवार तय गरे पनि मनोनयन दर्ताका लागि समयमा नआउँदा उम्मेदवारी दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!