संगालोखबर


विराटनगर । धनकुटाका एमाले नेता इन्द्रमणि पराजुली कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् । धनकुटा प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका पराजुलीको नाम नयाँ बन्ने मन्त्रिमण्डलको सूचीमा परेको हो ।

धनकुटाको महालक्ष्मी नगरपालिका घर भएका पराजुली एमाले कोशी प्रदेशका सचिवालय सदस्य पनि हुन् । एमाले धनकुटाका पूर्व अध्यक्ष समेत रहेका पराजुली दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

Advertisement

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन गरेर सबै मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । नयाँ मन्त्रीहरूलाई आज दिउँसो साढे ४ बजे सपथ ग्रहण गराउने तय भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!