संगालोखबर


सुनसरी । एनआईसी एशिया बैंकको इटहरी शाखाको कार्यालयमा एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । इटहरी-९ का लालबहादुर पौडेलले सोमबार बैंक परिसरमै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका हुन् ।

आफ्नो नाममा रहेको करोडौँ मूल्यको जग्गा बैंकले लिलाम गरेपछि बोतलमा पेट्रोल बोकेर पौडेल बैंक पुगेका थिए । बैंकभित्र प्रवेश गरेर शरीरमा पेट्रोल छर्कन थालेपछी उनलाई बैंकका कर्मचारी, सुरक्षागार्ड र केही सर्वसाधारणले तत्काल नियन्त्रणमा लिएका थिए । जसले ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।

Advertisement

उनले इटहरीमा रहेको आफ्नो करोडौँ मूल्यको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई सहयोगस्वरूप धितोमा राख्न दिएकोमा अहिले लिलामी परेको बताइएको छ । साहले किस्ता नतिरेपछि बैंकले धितोमा राखिएको उक्त जग्गा लिलाम प्रक्रिया अघि बढाएको छ ।

बैंकले सम्पूर्ण प्रक्रिया र कानुनअनुसार नै जग्गा लिलामी अघि बढाएको जनाएको छ । ‘बैंकले छलफलका लागि बोलाएको रहेछ’, इलाका प्रहरी कार्यालय सुनसरीका डीएसपी सुबास हमालले भने, ‘सोही क्रममा उनी बैंकमा पेट्रोल लिएर पुगेको खुलेको छ ।’

उनले आत्मदाह प्रयास गरेको या बैंकका म्यानेजरलाई आगो लगाउन खोजेको हो भन्ने यकिन हुन बाँकी रहेको डीएसपी हमालले बताए । पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

पौडेल आफैँ पनि बैंकको ऋणी रहेको र अर्का व्यक्तिलाई पनि आफ्नो जग्गा धितोमा राख्न दिएपछि समस्या थपिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानपछि बाँकी कुरा खुल्ने प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!