संगालोखबर


विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । अन्य समूह तर्फबाट कसैको उम्मेदवारी नपरेपछि थापा निर्विरोध भएका हुन् ।

आज भएको मनोनयन दर्ताका क्रममा ‘अन्य’ समुहतर्फ कुनै दलका उम्मेदवारको दावी पेश नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने आगामी पुस २७ गते गरिने छ । थापाको उम्मेदवारी दर्ताका लागि उद्धव थापा प्रस्तावक र रेगिना भट्टराई समर्थक रहेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!