झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा एकजनाको मृत्यु, २१ घाइते
झापा । झापाको बिर्तामोडमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । मंगलवार बिहान भएको दुर्घटनामा मोरङको रतुवामाई–८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मे १ च ६६१३ नम्बरको भ्यान र चालक बिर्तामोड–१ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, कमल गाउँपालिका चुलाचुलीमोडमा टिप्पर र बस ठोक्किएर भएको दुर्घटनामा २१ जना...































