संगालोखबर

विराटनगर । कोशीका दुई जिल्लाबाट नियन्त्रित औषधी तथा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो सुनसरी र ताप्लेजुङबाट प्रहरीले पक्राउ गरेको हो । हिजो राति अस्थाई प्रहरी पोष्ट श्याम चोकबाट खटिएको प्रहरी टोलीले धरान-१५ मिलन चोकबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

स्कुटरमा सवार सोही स्थानका २७ वर्षीय सञ्जीव गिरी र २३ वर्षीय रोजेश श्रेष्ठलाई स्पासपेन १२३ ट्याबलेट र लागूऔषध ट्रामाडोल ११७ क्याप्सुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका-४ मा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

फुङलिङ-८ का २० वर्षीय राम तामाङ, फुङलिङ-४ का २१ वर्षीय सोनुहाङ लिम्बू र पाथिभरा याङवरक-१ का १९ वर्षीय सुमन तामाङलाई स्पासपेन १८ र लागूऔषध ट्रामाडोल १८ क्याप्सुलसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका पाँचै जनाविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!