सङ्खुवासभा । सङ्खुवासभामा सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको छ । केही वर्ष सुन्तलाको उत्पादन कम भएपनि यसवर्ष बढेको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार यो वर्षको ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू गरी कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग र्पुयाएपछि उत्पादन बढ्न थालेको हो ।
गत वर्ष १९ करोड ९३ लाख ९१ हजार रुपैयाँको सुन्तला बिक्री भएको थियो । यसवर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा ६ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।