सुजन ढकाल


ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स सञ्चालनमा आएसँगै तीर्थयात्रीलाई सहज भएको छ । दैनिक सयौँको संख्यामा पाथिभरामा तीर्थयात्री पुग्ने गरेका छन् । 

तीर्थयात्री र यस क्षेत्रको सुरक्षाका लागि तल्लो फेदी अर्थात काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेक्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । हेल्प डेक्स साउनमा स्थापना गरिएको हो । 

Advertisement

‘चिसो पनि बढी हुने, लेक लाग्ने समस्या र पर्यटकको सामग्री हराउने लगायतका समस्या थिए’, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले संगालोखबरसँग भने, ‘अहिले पाथिभरा दर्शन गर्न आउने दर्शनार्थीलाई पनि सहज भएको छ ।’ 

डेक्स स्थापना भएदेखि हालसम्म ९/१० जना लेक लागेका दर्शनार्थीलाई पाथीभरा क्षेत्र विकास समिति समितिसँगको समन्वयमा उद्धार समेत गरिएको उनले बताए । डेक्स स्थापनासँगै दर्शनार्थीलाई धेरै कुरामा सहज भएको उनको भनाइ छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फुङलिङ नगरपालिका, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा सिम्वु सामुदायिक वन उपभोक्ता समूह र मयाम पातल सामुदायिक वन उपभोक्ता समूहको सहयोगबाट डेक्स निर्माण भएको हो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!