ब्राउन सुगरसहित विराटनगरबाट दुईजना पक्राउ
विराटनगर । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का २१ वर्षीय तिलक यादव र भारतको जोगवनीका २१ वर्षीय विशालकुमार साहलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बिहीबार अपरान्ह पक्राउ गरेको हो । भारतको जोगवनीबाट को २५ प २११ नम्बरको स्कुटरमा आउँदै गरेका उनीहरूलाई जाँच ...






























