कोशी प्रदेश लोक सेवा आयोग अध्यक्षमा गुरागाईंको सिफारिस
विराटनगर । कोशी प्रदेशको लोक सेवा आयोग अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गर्न सिफारिस गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले आयोग अधयक्षका लागि उनको सिफारिस गरेको हो ।
अध्यक्षमा गुरागाईंलाई नियुक्त गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । लामो समय निजा...































