मकै रुङ्न गएका दम्पतिमाथि बन्दुक प्रहार, महिला घाइते
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ मा भरुवा बन्दुकको छर्रा लागेर एकजना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार स्थानीय शेषराज खतिवडा र उनकी श्रीमती मेनुका खतिवडा दुम्सीबाट मकै जोगाउन आफ्नो बारीमा गएका बेला घटना भएको हो ।
प्रहरीका अनुसार मकैबारी रुङ्नका लागि बनाइएको अस्थायी टहरामा उनीहरु सुतिरहेको अवस्थामा एक्कासि भरुवा बन्दुक पड्किएको थियो । त्यस क्रममा मेनुकाको ढाडको दाहिनेतिर छर्राले ...































