कोशी प्रदेशको ९५ हजार १७० हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

कोशी प्रदेशको ९५ हजार १७० हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

विराटनगर । असार सकिन लाग्दा कोशी प्रदेशमा ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको छ । यसपालि कोशीको २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । देशभर ४२ प्रतिशत भान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । पछिल्लो विवरण अनुसारअनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) रो...
ताप्लेजुङमा ट्रयाक्टर चोरीः युवक पक्राउ

ताप्लेजुङमा ट्रयाक्टर चोरीः युवक पक्राउ

ताप्लेजुङ । ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो । मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे१त ७१७१ नम्बरको ट्रयाक्टर गत शनिबार चोरी भएको थियो । खोजी गर्ने क्रममा आइतबार दिउँसो फुङ्लिङ नगरपालिका–१० भदौरेमा प्रहरीले फेला परेको थियो । त्यस क्रममा मगर भागेर फरार...
‘संखुवासभामा २१ महिने बालिकादेखि ५२ वर्षीयासम्म बलात्कृत’

‘संखुवासभामा २१ महिने बालिकादेखि ५२ वर्षीयासम्म बलात्कृत’

संखुवासभा । ६ महिनाको अवधिमा संखुवासभामा बलात्कारका ६ वटा घटना भएका छन् । तीमध्ये चारजना बालिका पीडित बनेको पाइएको छ । बलात्कार पीडित हुनेमा २१ महिने बालिकादेखि ५२ वर्षीया महिलासम्म छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कार्यक्रममा यो जानकारी दिइएको हो । जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघनका २४ वटा घटना भएको जनाइएको छ । ती घटनामा २४ जना व्यक्ति पीडित रहेको उल्ल...
मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

झापा । झापाको सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करिब १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा दुर्घटना भएको हो । चालकले मापसे (मादक पदार्थ सेवन) गरी मोटरसाइकल चलाएकाले अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि बस्ने भारतीय नागरिक ४१ व...
सुनसरीमा चार ट्रक खयर काठ वन कार्यालयद्वारा नियन्त्रण

सुनसरीमा चार ट्रक खयर काठ वन कार्यालयद्वारा नियन्त्रण

सुनसरी । रामेछापबाट अवैध रुपमा ल्याएको आशंकामा डिभिजन बन कार्यालय सुनसरीले चारवटा ट्रकमा लोड गरिएको खयरको काठ नियन्त्रणमा लिएको छ । सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको नियन्त्रणमा लिइएको हो । डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवका अनुसार बा प्र ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकलाई शंका लागी नियन्त्रणमा लिइएको...
तीन दिन मनसुन धेरै सक्रिय हुने, कोशीसहित देशभरका ४३ जिल्लामा प्रभाव

तीन दिन मनसुन धेरै सक्रिय हुने, कोशीसहित देशभरका ४३ जिल्लामा प्रभाव

विराटनगर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सर...
तेह्रथुमको जिरिखिम्तीमा कालोझण्डा देखाएर मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन

तेह्रथुमको जिरिखिम्तीमा कालोझण्डा देखाएर मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन

तेह्रथुम । पहिचान पक्षधर संगठनका नेता–कार्यकर्ताले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आज कालो झण्डा देखाएर विरोध गरेका छन् । तेह्रथुमको बसन्तपुरबाट म्याङलुङ जाने क्रममा बिहान जिरिखिम्तीमा कालो झण्डा देखाइएको हो । पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो । नेताहरूको यात्रामा अवरोध ...
भोजपुरको टेम्केमैयुङमा कालोपत्रे सडक भासियो

भोजपुरको टेम्केमैयुङमा कालोपत्रे सडक भासियो

भोजपुर । केही दिनयताको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको टेम्केमैयुङ गाउँपालिका–३ मा पर्ने खण्डको सडक भासिएको छ । भोजपुर–चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा आज बिहान करिब ६० मिटर सडक भासिएको हो । टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईका अनुसार कालोपत्र गरिएको सडक भासिएको हो । सडक भासिएपछि यातायातका साधन सञ्चालन हुन नसकेको उपाध्यक्ष राईले संगालोखबरलाई जानकारी दिइन् । निरन्तर वर...
ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ जना घाइते

ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ मा गएराति एउटा घर भत्किँदा ६ जना घाइते भएका छन् । खेतको काम गरेर बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासि भत्किएको थियो । प्रहरीका अनुसार घाइते हुनेमा ४३ वर्षीय खड्गबहादुर बानियाँ, उनकी ३८ वर्षीया श्रीमती जानुका बानियाँ छन् । यसैगरी, ३० वर्षीया सुबिना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विश्वकर्मा र १० वर्षीय रोहित...
दुर्घटनामा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

दुर्घटनामा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सुनवर्षी नगरपालिका–६ खिर्किडाँगीस्थित कच्ची सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५० वर्षीय सुरेन दासको मृत्यु मृत्यु भएको हो । उनलाई रंगेली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोशी अस्पताल रेफर गरिएको थियो । विराटनगर ल्याउने क्रममा उनको बाटामै ...
कोशीका केही क्षेत्रमा रातिदेखि वर्षा, भारी वर्षाको पनि सम्भावना

कोशीका केही क्षेत्रमा रातिदेखि वर्षा, भारी वर्षाको पनि सम्भावना

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा रातिदेखि वर्षा भइरहेको छ । कतिपय क्षेत्रमा हिजो दिनभरजसो पनि पानी परेको थियो । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो झरेर सडक अवरुद्ध बनेको छ । पाँचथर, इलामलगायत स्थानका केही सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर...
सुनसरीको गढीका युवकको क्यानाडामा मृत्यु

सुनसरीको गढीका युवकको क्यानाडामा मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिकाका ३२ वर्षीय उदेश थान्दारको क्यानाडामा मृत्यु भएको छ । अन्टारियोको थण्डर वे सहरमा श्रीमतीसहित बस्दै आएका थान्दारको हृदयघातका कारण मृत्यु भएको एनआरएन क्यानाडाले जनाएको छ । उनी उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएकी श्रीमतीको आश्रितका रुपमा ६ महिनाअघि क्यानाडा गएर थण्डर वेमा बस्दै आएका थिए । एनआरएनए, क्यानाडाले थान्दारको अन्तिम संस्कार लगायतका आवश्यक विषयमा सहयोग ...
ताप्लेजुङको तापेथोकमा भूकम्प

ताप्लेजुङको तापेथोकमा भूकम्प

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्प गएको छ । गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ताप्लेजुङ र आसपासको जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो । अविरल वर्षाका कारण बाढी पहिरोले प्रभाव पारिरहेका बेला भूकम्प गएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । हालसम्म भूकम्पका कारण भएको क्षतिको विवरण आइसकेको छैन । यसअघि असार १४ ...
धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी

धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी

धनकुटा । धनकुटाका दुग्ध किसानले सात महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले १३ करोड रुपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजना विराटनगरले दुधको रकम भुक्तानी नदिएपछि उनीहरु समस्यामा परेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा दुध उत्पादक किसानहरु छन् । छथरजोरपाटी गाउँपालिका–१ स्थित हात्तीखर्क दुग्ध उत्पादनक सहकारी संस्था लिमिटेडमा दैनिक १ हजार ...
युवतीलाई जिस्क्याएको विषयमा विवाद हुँदा विराटनगरमा युवकको हत्याः चारजना पक्राउ

युवतीलाई जिस्क्याएको विषयमा विवाद हुँदा विराटनगरमा युवकको हत्याः चारजना पक्राउ

विराटनगर । धारिलो हतियार प्रहार गरी गएराति विराटनगरमा भएको युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । दुई समूहबीच झगडा हुँदा तीनजना घाइते भएका थिए । घाइतेमध्ये मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको मृत्यु भएको थियो । उनलाई धारिलो हतियारले प्रहार गरिएको थियो । छाती, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु ...
युवा उद्यमी मञ्च विराटनगरको नयाँ नेतृत्व चयन

युवा उद्यमी मञ्च विराटनगरको नयाँ नेतृत्व चयन

विराटनगर । नेपाली युवा उद्यमी मञ्च, विराटनगरको अध्यक्षमा शुभम भट्टराई चयन भएका छन् । मञ्चको २० औैं वार्षिक साधारण सभाले आगामी एक वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । साधारण सभाले मञ्चको उपाध्यक्षमा संजिव सिक्देल र रोमन कट्टेललाई चयन गरेको छ । कोषाध्यक्षमा संयम श्रेष्ठ, कार्यक्रम संयोजकमा रितेष खनाल र लर्निङ सेसन संयोजकमा उकृष्ट भट्टराई चयन भएका छन् । च्याप्टर सं...
‘पूर्ण खोप सुनिश्चित जिल्ला’ बन्यो धनकुटा

‘पूर्ण खोप सुनिश्चित जिल्ला’ बन्यो धनकुटा

धनकुटा । धनकुटालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गरिएको छ । बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चित भएपछि आज एक कार्यक्रमका बीच पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको जनाइएको छ । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका...
मोटरसाइकलमा गाँजा बोकेर हिँडेका धनकुटाका युवक पक्राउ

मोटरसाइकलमा गाँजा बोकेर हिँडेका धनकुटाका युवक पक्राउ

धनकुटा । धनकुटा र मोरङबाट प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी–९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलो गाँजासहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १९ प ९८७७ नम्बरको मोटरसाइलमा राखेर उक्त परिमाणको गाँजा लैजाने क्रममा उनलाई पक्राउ गरिएको हो । यसैगरी, मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लेटाङ नगरपालिका–६ का ३२ वर्षीय अभि...
पहिरो पन्छाएपछि धरान-धनकुटा सडकमा यातायात सुचारु

पहिरो पन्छाएपछि धरान-धनकुटा सडकमा यातायात सुचारु

धनकुटा । बाढी र पहिरोका कारण अवरुद्ध कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा सवारी आवतजावत सुचारु भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीसहित आसपास क्षेत्रमा खसेको पहिरो र बाढीले सडकमा थुपारेको ढुङ्गामाटो पन्छाएपछि यातायात सुचारु भएको हो । फेदीस्थित सडकमा पहिरो खस्नुका साथै गर्जुवा, खराने लगायत खोलामा आएको बाढीले सडकमा ढुङ्गामाटो थुपार्दा बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको थियो । लेउती खोलाको पुलद...
पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

उदयपुर । अविरल वर्षापछि झरेको पहिरोले घर बगाउँदा उदयपुरमा एक बालिकाको आज बिहान मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा रहेको उनीहरुको घर पहिरोले बगाएको थियो । स्थानीयका तीनवटा घरमा पनि पहिरोले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी राजेन चापागाईंका अनुसार पहिरोमा परी स्थानीय ८ वर्षीया रुपकला मगरको मृत्यु भएको हो । उनकी ४० ...
प्रतिबन्धित भारतीय नोटसहित विराटनगरमा २ जना पक्राउ

प्रतिबन्धित भारतीय नोटसहित विराटनगरमा २ जना पक्राउ

विराटनगर । प्रतिबन्धित नोटसहित विराटनगरबाट सशस्त्र प्रहरीले भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख १७ हजारभारतीय रूपैयाँ बरामद भएको छ । प्रहरीका अनुसार विराटनगर–७ का २४ वर्षीय रोनक अग्रवाललाई भारतको जोगबनीबाट आउँदै गरेको अवस्थामा गएराति पक्राउ गरिएको हो । मोटरसाइकलमा आउँदै गरेका उनलाई जाँच गर्दा ५ सय दरका ४ सयवटा भारतीय नोट बरामद भएको थियो । नेपालमा ५ सयमाथिका भारतीय...
चौबिसेको गाउँसभाद्वारा आगामी आर्थिक वर्षका लागि ४९ करोड बजेट पारित

चौबिसेको गाउँसभाद्वारा आगामी आर्थिक वर्षका लागि ४९ करोड बजेट पारित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोड २९ लाख २३ हजार बराबरको बजेट पारित गरेको छ । सोमबार गाउँसभाको १५ औं अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष टंकमायाँ पाङ्गमीले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ८ करोड ८४ लाख, राजश...
विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगर । धारिलो हतियार प्रहार गरी विराटनगरमा एकजना युवकको गएराति हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी दुईजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–२ मा भएको घटनामा मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा कटहरीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । उनीहरुलाई घाइते अवस्थामा देखेर स्थानीय बासिन्दाले उपचारका लागि कोशी अ...
बाढी र पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

बाढी र पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

धनकुटा । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीमा पहिरो खसेपछि आज बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण फेदीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘फेदीमा पहिरो खसेको छ, यहाँ आसपासका खोलाहरूमा बाढी आएर लेदोसहितको ढुङ्...
मोरङ र सुनसरीका केही क्षेत्रमा भारी वर्षा, सतर्कता अपाउन आग्रह

मोरङ र सुनसरीका केही क्षेत्रमा भारी वर्षा, सतर्कता अपाउन आग्रह

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानमा आज बिहानैदेखि भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सूचना जारी गर्दै विभागले विभिन्न खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन भनेको हो । सुनसरीका चतरा, धरान, इटहरी तथा मोरङका केराबारी, लेटाङ, हरैँचा, भाउन्ने र आसपास क्षेत्रमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । ती क्षेत्रमा दिउँसोसम्म अझ बढी वर्षा हु...
मोरङमा बढ्यो चैत धान उत्पादन

मोरङमा बढ्यो चैत धान उत्पादन

विराटनगर । मोरङमा चैते धान उत्पादन बढेको छ । गत वर्षभन्दा पाँच हजार ५६० मेट्रिक टन बढी धान उत्पादन भएको हो । गत वर्ष एक लाख २३ हजार २०० मेट्रिकटन उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष वृद्धि भई एक लाख २८ हजार ७६० मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए । दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६०० मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो वर्ष ए...
नयाँ समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन हुने

नयाँ समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन हुने

विराटनगर । मुख्य दुई राजनीतिक दलबीच केन्द्रमा भएको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गरिने भएको छ । यसका लागि आन्तरिक तयारी भइरहेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा असार २८ गते नयाँ समीकरणअनुसार अर्को सरकार बनेपछि त्यसका आधारमा कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्का...
झापामा खोलामा डुबेर बालकको मृत्यु

झापामा खोलामा डुबेर बालकको मृत्यु

झापा । माईखोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–२ स्थित सानो माईखोलामा डुबेर सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै रहेको माई खोलामा डुबेर ती बालकको आज मृत्यु भएको हो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
पैनीमा डुबेर झापाको बाह्रदशीका वृद्धको मृत्यु

पैनीमा डुबेर झापाको बाह्रदशीका वृद्धको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिकास्थित पैनीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–२ राजगढका ६५ वर्षीय मोहन राजवंशीको पैनीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनलाई डुबेको अवस्थामा देखेपछि उद्धार गरी बाहिर निकालिेका थिए । त्यसपछि उनको मृत्यु भइसकेको पाइएको थियो । उनले प्रयोग गरेको साइकल पनि सोही स्थानमा भेटिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जानका...
धनकुटा जिल्ला अदालतले २५ प्रतिशत मुद्दा टुंग्याउन बाँकी

धनकुटा जिल्ला अदालतले २५ प्रतिशत मुद्दा टुंग्याउन बाँकी

  धनकुटा । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अदालत धनकुटाले २५ प्रतिशत मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको पाइएको छ । आज अदालतले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै चालु आर्थिक वर्षमा ७५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ । अदालतले कुल ६६६ मुद्दामध्ये ५०५ वटाको टुंगो लगाएको जनाएको छ । अदालतमा देवानी ४७४, सरकारवादी फौजदारी १३१ र दुनियाँवादी फौजदारी ५७ गरी ६६६ मुद्दा दर्ता भएका थिए । तीमध्ये...
धनकुटा जिल्ला प्रशासनमा स्वास्थ्य सहायता कक्ष

धनकुटा जिल्ला प्रशासनमा स्वास्थ्य सहायता कक्ष

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटामा स्वास्थ्य सहायता कक्षा स्थापना गरिएको छ । प्रशासन कार्यालयको समन्वय साथै धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालयको व्यवस्थापनमा स्वास्थ्य सहायत कक्ष स्थापना गरिएको हो । प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने वृद्धवृद्धा लगायत अन्य सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जा...
error: Content is protected !!