गर्मी अत्यधिक बढेपछि इटहरीका विद्यालय दुई दिन बिदा
सुनसरी । गर्मी अत्यधिक बढेर विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्य प्रभावित हुने अवस्था आएपछि सुनसरीको इटहरीका विद्यालयहरुमा बिदा दिइएको छ । इटहरी उपमहानगरपालिकाले सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिइएको जानकारी दिएको छ ।
उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै इटहरी उपमहानगरभित्र सञ्चालित संस्थागत, सामुदायिक, धार्मिक तथा सामुदायिक सिकाई केन्द्रहरूमा जेठ १७ र १८ गते २ दिन बिदा हुने जान...


























