मेची–कोशी राजमार्गमा सवारी दुर्घटना बढ्दै
विराटनगर । प्रदेश १ को मेची–कोशी राजमार्ग अन्तर्गतको सडकखण्डमा पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको छ । चालकको लापरबाही, ओभरस्पिड, ओभरटेक र ट्राफिक नियमको अवहेलना लगायतका कारणले सडक दुर्घटना मौलाएको हो ।
जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनाको अवधिमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्डमा ४ सय २८ वटा सवारी दुर्घटना भएका छन् । जसमा ५१ पुरुष, १४ महिला र ३ जना बालबालिका...





























