- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । प्रचण्ड–नेपाल समूह निकट प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिने तीनै जना सांसद झापाका हुन् ।

Advertisement

उनीहरुले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा इमेलमार्फत पठाएका छन् । पत्रमा नेकपाको सांसद भएर नेकपाकै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएकाले हस्ताक्षर फिर्ता लिएको उल्लेख छ । दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । ९३ सांसद रहेको प्रदेश सभाका ३७ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

माघ ७ गते दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ । नेकपा औपचारिक रुपमा बिभाजन भइनसकेकाले नेकपाका सांसद बैठकको एकै कक्षमा रहनेछन् । तर, सो क्रममा हुँनसक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले प्रत्येक कुर्सीलाई फलामको पातामा वाइल्डिङ गरेर निकाल्न नमिल्ने बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!