
पाँचथर । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गर्ने युवा १० बर्षपछि पक्राउ परेका छन् । प्रेमिकालाई गोली हानेर भागेका ताप्लेजुङको छाँगे–१ का कुमुकहाङ लिम्बु आङबुहाङलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंसँगको टोलीले काठमाडौंको मुलपानीबाट उनलाई पक्राउ गरको हो । २०६७ सालमा लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथरस्थित एक होटलमा बसेका थिए ।
सामान्य विवाद हुँदा कुमुकहाङले प्रेमिकालाई गोली हानेका थिए । छातीमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौंमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।