- संगालोखबर सम्वाददाता

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ स्थित बरडाँडामा गएराती टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । सोलु सल्लेरीबाट नेचा सल्यानतर्फ जाँदै गरेको बा ४ ख ७९८० नम्बरको टिपर राती करिब ११ः४५ बजे बरडाँडामा भीरबाट खसेको हो ।

दुर्घटनामा परी टिपर चालक धादिङको थाक्रे गाउँपालिका ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का ३३ बर्षीय राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि पुरानो रड र तार लिएर जाँदै गरेको टिपर भीरबाट करिब १ सय मिटर तल खसेको सोलुखुम्बुका डिएस्पी कवित कटुवालले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!