- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

खोटाङ । जिल्ला अदालत खोटाङमा कार्यरत करिदार कमलदीप ढकाल मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर–११ घर भएका ३६ बर्षीय खरिदार ढकाल बिहिबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन् । घरबेटीका अनुसार उनी बुधबार बेलुकी खाना खाएर सामान्य अवस्थामा सुतेका थिए ।

बिहान अबेरसम्म नउठेपछि हेर्दा कोठाभित्रै उनी मृत फेला परेका हुन् । कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा ढकाल मृत भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!