इटहरी । इटहरी उप-महानगरपालिकाले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नम्बर १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।
तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि बाटोहरु, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मठसमेत बनाइएको छ । उप-महानगर प्रमुख द्धारिकलाल चौधरीले विपन्न जनताको हितमा गम्भिर रहेको भन्दै जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उप-महानगरले कार्य गरिरहेको बताए ।
वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उप-प्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार सो ठाँउमा ५० घर रहेको नमूना वस्ती निर्माण गरिने छ ।