
झापा । झापाका दुई छुट्टा–छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र एम्पुलसहित तीन जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा–२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राज कुमार गनगाईलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । ३६ ग्राम ब्राउनसुगरसहित दमक नगरपालिका–८ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगरबाट मोरङको उर्लाबारी नगरपालिका–२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपामसहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।