संगालोखबर सम्वाददाता

धनकुटा । भेडेटारस्थित छोटी मोरंगमा नेपालकै सबै भन्दा अग्लो बुद्धमुर्ति निर्माण भइरहेको छ । बुद्ध दर्शनको अध्ययन, अनुसन्धान, प्रचार–प्रसार एवं प्रवद्र्धनद्वारा धार्मिक, अध्यात्मिक पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले बुद्धमुर्ति निर्माण थालिएको हो ।

Advertisement

२०८७ सालमा निर्माण सक्ने गरी ०७२ सालमा थाई राजगुरु सोमदेज फ्रा महामुनीवंश, तत्कालीन सभामुख ओनसरी घर्ति मगर र बर्माका राजदुत यू लुईन ओले बुद्धमुर्तिको सिलान्यास गरेका हुन् । आयोजनाको कुल १३.१७ हेक्टर क्षेत्रफल मध्ये सङ्घीय सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौध्द दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, प्रदेश नं १ तथा धरान उपमहानगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ४ सय मिटर लम्बाइको कम्पाउण्ड वाल लगाउने काम सकिएको छ । त्यस्तैगरी भिक्षुहरू बस्ने कुटी एवं दैनिक पुजापाठ र ध्यान वस्न एक सय जना क्षमताको धम्महल पनि निर्माण भइसकेको छ ।

सूर्योदय बुद्ध विहारको सहस्र बुद्धमुर्ति आयोजना अन्तर्गत निर्माण भइरहेको बुद्ध मुर्तिको उचाई १७५ फिट तथा परिधि १६० फिट रहने विहार प्रमुख भिक्षु मेदंकर (भिक्षु मगर) ले जानकारी दिए । उनका अनुसार मुख्य बुद्ध मूर्तीसँगै १० हजार साना बुद्ध मुर्तिहरु पनि निर्माण गरिदैछ । बुद्धको विशाल मुर्तिसम्म पुग्न प्रवेशद्वारबाट करिब ७ सय सिंढीहरु रहने छन् । हरेक सिंढीहरुमा दुबै तर्फ महायान बौद्ध परम्परा अनुसारका करिब १५ सय प्रार्थना चक्र (माने) हरु बनाइनेछ ।

बुद्ध मुर्ति रहने मुख्य भवनको पहिलो तलामा १० हजार साना बुद्ध मुर्तिहरुले सजाएर बिच भागमा बुद्ध जीवनी प्रदर्शनी स्थल रहने छ । सोही भवनको दोश्रो तल्लामा २ सय जनासम्म ध्यान गर्न मिल्ने ध्यान कक्ष निर्माण गरिनेछ भने तेस्रो तल्लामा भगवान बुद्धको अस्थिधातुसहितको कमलाशन रहनेछ । त्यसदेखि माथि १ सय ५० (कमलाशन सहित) फिट उचाइ भएको अभय मुद्रामा बसिरहनु भएको भगवान बुद्धको मुर्ति रहनेछ । यो संसारको सबैभन्दा ठूलो बुद्ध मुर्तिहरु मध्ये एक हुनेछ । यस बुद्ध मुर्तिको परिसरबाट ३ सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिनेछ ।

कुल १ अर्ब ३० करोड अनुमानित लागतमा निर्माण कार्य भइरहेको छ । यो आयोजनाले बृद्ध नेपालमा जन्मिएको तथ्य प्रमाणित गर्न सघाउ पुयाउँदै धार्मिक एवं आध्यात्मिक पर्यटनको विकास र विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजना निर्देशक मणिराज गुरुङ बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!