- संगालोखबर सम्वाददाता

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शनिवार धनकुटा आउँदा र फर्कदा विरोध स्वरुप कालो झण्डा र कालो बेलुन देखाइएको छ । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधनका लागि धनकुटा आएका गृहमन्त्री थापालाई नेपाल विद्यार्थी संघले कालो झण्डा र नेकपाको प्रचण्ड–माधव नेपाल सम्बद्ध अनेरास्ववियूले कालो बेलुन उडाएर विरोध जनाएको हो ।

Advertisement

हेलिकप्टरमार्फत नेपाली सेनाको सल्लेरी व्यारेकमा उत्रिएर त्रिवेणी स्कूलस्थित कार्यक्रम स्थलतर्फ जाँदै गर्दा भीमनारायण चौक नजिक नेवीसंघ सम्बद्ध विद्यार्थीहरुले कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । कडा सुरक्षाकावीच आउँदै गर्दा कालो झण्डा देखाउँदै विद्यार्थीहरुले गृहमन्त्री थापाविरुद्ध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेकाले त्यसको विरोधमा ओली सरकारका गृहमन्त्रीलाई कालो झण्डा देखाइएको नेवी संघका जिल्ला सभापति बालानन्द दाहालले बताए ।

यता, कार्यकर्ता भेलालाई संवोधन गरेर फर्कने क्रममा गृहमन्त्री थापालाई बसपार्क नजिक कालो बेलुन उडाएर विरोध गरिएको छ । नेकपाको प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले गृहमन्त्री फर्कने क्रममा बिरोधस्वरुप कालो बेलुन उडाएका हुन् । असंवैधानिक रुपमा संसद् विघटन गर्ने ओलीलाई थापाले साथ दिएकाले विरोध स्वरुप कालो बेलुन उडाइएको अनेरास्ववियूका केन्द्रिय सदस्य इन्द्र बहादुर बिष्टले जानकारी दिए ।

यो पनि हेर्नुहोस्…

धनकुटामा गृहमन्त्री थापाले भनेः राजावादीको षड्यन्त्रमा नेकपा फुट्दैछ, एकतावद्ध बन्नुपर्छ

 

धनकुटामा गृहमन्त्रीलाई देखाइयो कालो झण्डा

 

गृहमन्त्री थापा धनकुटा आउँने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!