- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजार निवासी पूर्व वडाध्यक्ष केशव गौतम उपचारका लागि आर्थिक सहयोग माग्दै हिडिरहेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १ स्थित तत्कालिन नेपाले डाँडा पञ्चायत ५ नं. का पूर्व वडाध्यक्ष गौतम अहिले आँखाको दृष्टि फर्काउँन सहयोगको याचना गरिरहेका छन् ।

Advertisement

तीन दशक अघि जनमत पाएर ५ बर्ष समाजसेवा गरेका गौतमले आँखाको समस्याका कारण २५ बर्षअघिदेखि दुवै आँखाको दृष्टि गुमाएका हुन् । आँखा नदेखेपछि पटक–पटक लडेर उनको हात खुट्टासमेत भाचिएका छन् । दुवै आँखा नदेख्दा दिनचर्यमा समस्या भएपछि उनी अहिले दाताको सहयोगको आसमा आँखा फेर्न खोज्दैछन् । ‘तीन लाख भए एउटा आँखा फेर्न मिल्ने रहेछ ।’ उनी भन्छन्–‘सहयोगीहरुको साथ पाए मेरो दुःख सकिन्थ्यो ।’

उनका छोराछोरी छैनन । श्रीमतिसँग रामबजारमा बस्ने गर्छन । उनी अहिले मादल बजाउँदै गीत गाएर सहयोग माग्दै हिड्ने गरेका छन् । आँखा नदेख्दा समस्या भएपछि उनी तिलगंगा अस्पताल काठमाडौं पुगेका थिए । डाक्टरले आँखा फेर्न सुझाव दिएपछि त्यसका लागि चाहिने रकम जम्मा गर्न सहयोग माग्दै हिडेको गौतम बताउँछन् ।

यसैवीच, सहयोग माग्दै हिड्ने क्रममा महालक्ष्मी वडा नं. ८ मा आइपुगेका गौतमलाई वडाध्यक्ष रामबहादुर खड्काले ३ हजार ५ सय सहयोग प्रदान गरेका छन् । वडाध्यक्ष खड्काले गौतमलाई घर बनाउन नगरमा पहल गर्ने आश्वासन पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!