विराटनगर । विराटनगर–१५ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागुऔषधसहित एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह छन् ।
प्रहरी चौकी रानीबाट खटिएको टोलीले स्पास्मो–प्रोक्सिभोन-७२० ट्याब्लेट र फेनेर्गेन–६० एम्पुलसहित उनलाई पक्राउ गरेको हो ।