संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ सर्दुखोलामा एक युवकको शव फेला परेको छ । रामधुनी नगरपालिका–६ मा बस्दै आएका १९ बर्षीय सुन्दर देवानको शव खोलामा भेटिएको हो ।

बिराटनगर घर भएका देवान ६ बर्ष अघिदेखि रामधुनी बस्दै आएका थिए । शव भेटिएको जानकारी पाएपछि प्रहरी चौकी भरौलबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

Advertisement

मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!