- संगालोखबर सम्वाददाता

इटहरी । सुनसरीको दुहवी नगरपालिका–१० मा आज दिउँसो माइक्रो र मोटरसाइकल ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

Advertisement

प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह–चालक सप्तरीका शंकरकुमार यादवको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएकी एक महिलाको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!