- संगालोखबर सम्वाददाता

मोरङ । बिराटनगर–१६ स्थित नेपाल–भारत सीमा क्षेत्रवाट प्रतिवन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा–६ का २८ बर्षीय आशिस मगर छन् ।

Advertisement

बिशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई शुक्रवार साँझ करिब ६ बजे पक्राउ गरेको हो ।

उनको साथबाट लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्याब्लेट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरविरुद्ध प्रहरीले कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!