- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ परेका छन् । बुधबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–४ बाट संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् । उनको साथबाट म्याग्जिनमा लोड गरेको अवस्थामा KF 7.65  लेखिएको गोली ३ थान, अटोमेटिक पेस्तोल एक थान, कलर्स मोबाइल एक थान, सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान र सिमकार्डहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

डिएसपी राईका अनुसार बिक मिक्लाजुङ्गका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपीसमेत रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!