गृहमन्त्री थापा धनकुटा आउँने

गृहमन्त्री थापा धनकुटा आउँने

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शनिवार धनकुटा आउँने भएका छन् । नेकपा सचिवालय सदस्यसमेत रहेका थापा केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधनका लागि धनकुटा आउँन लागेका हुन् । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली पक्षधर समूहले स्थानीय त्रिवेणी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार विहान १० बजेदेखि कार्यकर्ता भेला आयोजना गरेको छ । सोही कार्यक्रमलाई संवोधनका लागि थापा धनकुटा आ...
प्रदेश १ का चार जिल्लामा थपिए १५ कोरोना संक्रमित

प्रदेश १ का चार जिल्लामा थपिए १५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापा, सुनसरीमा ३/३ र धनकुटा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २/२ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १/१ जना संक्रमित भएका छन् । यता, धनकुटाको धनकुटा नगरपालिकाका १ जनामा संक...
लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४१ बर्षीय दिनेश कुमा र ४३ बर्षीय शेषराज सापकोटा छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दिनेशको साथबाट ४ ग्राम ब्राउनसुगर र शेषराजको साथबाट १० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाए...
धनकुटा क्याम्पसमा बीबीए पढाइ हुँने, बीसीए पनि पढाउँने तयारी

धनकुटा क्याम्पसमा बीबीए पढाइ हुँने, बीसीए पनि पढाउँने तयारी

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा अब ‘व्याचलर अफ बिजनेश एडमिनिस्ट्रेशन’ पढाई हुँने भएको छ । यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय अन्तर्गतको बीबीए पढाई थाल्ने तयारी भइरहेको क्याम्पसले जनाएको छ । धनकुटा क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन बीबीएस, बीएस्सी संकायमा पढाई हुँदै आएको छ । अब, यसै शैक्षिक सत्रदेखि व्यवस्थापन अन्तर्गतको बीबीए पनि पढाई हुँने तयारी भइरहेको क्याम्पस प्रमुख होमबहादुर बस्...
धनकुटाका अधिकारीको शव इटहरीमा भेटियो, हत्या गरेर फालिएको आशंका

धनकुटाका अधिकारीको शव इटहरीमा भेटियो, हत्या गरेर फालिएको आशंका

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियाका टेकबहादुर अधिकारीको शव इटहरीमा फेला परेको छ । शरिरका बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा इटहरी उप–महानगरपालिका–१० स्थित ट्याङ्ग्रा खोलामा ४७ बर्षीय अधिकारीको शव भेटिएको हो । खोलाभित्र पानीमा डुवेको अवस्थामा गत आइतवार विहान शव फेला परेको भएपनि शवको पहिचान हुन सकेको थिएन । मृतकको साथमा रहेको मोवाइलबाट सिम निकालेर प्रहरीले आफन्तको मोवाईल नम्बरका...
धनकुटामा चुनावका विषयमा सर्वपक्षिय बैठक: मतदान केन्द्र थप गर्न सुझाव

धनकुटामा चुनावका विषयमा सर्वपक्षिय बैठक: मतदान केन्द्र थप गर्न सुझाव

धनकुटा । सरकारले आगामी बैशाखमा निर्वाचन घोषणा गरेसँगै त्यसका लागि धनकुटामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न वुधवार सर्वपक्षिय छलफल गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले चुनावका विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागि राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदाताको सहजताका लागि महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका, पाख...
खोलामा भेटियो युवाको शव

खोलामा भेटियो युवाको शव

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ बेलेपुरस्थित झरना खोलामा आज दिउँसो एक युवाको शव फेला परेको छ । दिउँसो करिब साँढे १२ बजे खोलामा डुविरहेको अवस्थामा मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साहको शव फेला परेको हो । स्थानीयबासीले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली घटनास्थल गएर शवको मुचुल्का गरेको छ । घटनाको विषयमा अनुस...
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ बरडाँडास्थित मध्यपहाडी लोकमार्गमा मंगलवार साँझ मालबाहक ट्रक दुर्घटना भएको छ । संखुवासभाबाट अलैंची लिएर झापा जाँदै गरेको को १ ख ३६३६ नम्बरको ट्रक साँझ करिब ८ बजे पल्टिएको हो । दुर्घटनामा परी ट्रक चालक झापाको भद्रपुर नगरपालिका–२ का ४५ बर्षीय मोहन राई घाइते भएका छन् । घाईते राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रह...
धनकुटा काँग्रेस पार्टी कार्यालय शोकमा तीन दिन बन्द गरिने

धनकुटा काँग्रेस पार्टी कार्यालय शोकमा तीन दिन बन्द गरिने

धनकुटा । नेपाली काँग्रेस पाख्रीवास नगर सभापति कोपिन्द्र मानन्धरको निधनमा काँग्रेस जिल्ला पार्टी कार्यालय तीन दिन बन्द गरिने भएको छ । तीन दिनसम्म पार्टीको झण्डा झुकाएर जिल्ला पार्टी कार्यालय बन्द गर्ने निर्णय भएको नेपाली काँग्रेस धनकुटाले जनाएको छ । यता, काँग्रेस पाख्रीवास नगर कार्य समितिको कार्यालयमा पनि झण्डा झुकाएर ७ दिनसम्म कार्यालय बन्द गरिने भएको छ । त्यस्तै १३ दिनसम्म पार्टीको जिल्ला तथा ...
मोटरसाइकल चोर्ने सात जना पक्राउ, १५ वटा मोटरसाइकल बरामद

मोटरसाइकल चोर्ने सात जना पक्राउ, १५ वटा मोटरसाइकल बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा सम्लग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिर्तामोड, अर्जुनधारा, कन्काई लगायत क्षेत्रमा चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले अभियान नै सञ्चालन गरेर १५ वटा मोटरसाइकल सहित सात जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलामको माई–२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई–६ का २० बर्षीय रोशन गिरी, ३० बर्...
एक हप्तामा छथर जोरपाटीका १६६ जनाले लिए अपाङ्गता परिचय पत्र

एक हप्तामा छथर जोरपाटीका १६६ जनाले लिए अपाङ्गता परिचय पत्र

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका १६६ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् । करुणा फाउण्डेशनको सहयोगमा गाउँपालिकाले ६ वटै वडामा शिविर सञ्चालन गरेर परिचय पत्र वितरण गरेको हो । पुस २१ गतेदेखि ७ दिनसम्म सञ्चालित शिविरमा ३९४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा ४ जना स्वास्थ्यकर्मी खटाएर अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गरी परिचय पत्र वितरण गरिएको हो । १० जनालाई (क) वर्गको रातो,...
धरानमा बैंकको एटीएमबाट पैसा चोर्न खोजेको आरोपमा एक युवा पक्राउ (सीसीटीभी फुटेजसहित)

धरानमा बैंकको एटीएमबाट पैसा चोर्न खोजेको आरोपमा एक युवा पक्राउ (सीसीटीभी फुटेजसहित)

सुनसरी । धरानमा बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीकटान जुद्धगञ्जका २३ बर्षीय सुभान मन्सुरी छन् । धरान उप–महानगरपालिका–१२ महेन्द्रपथ मार्गमा रहेको एनआइसी एसिया बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने प्रयास गरेकाले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द...
झापामा आगो लाग्दा जलेर एक जनाको मृत्यु

झापामा आगो लाग्दा जलेर एक जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरको छाप्रोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । शिविरको सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ मा सोमवारसाँझ आगलागी हुँदा जलेर शरणार्थी ६० वर्षीय देशमान राईको मृत्यु भएको हो । मृतक राई प्यारालाइसिसका विरामी थिए । हिड्न नसक्ने उनी आगो लागेका बेला भाग्न नसक्दा जलेका हुन् । घरभित्रै सुतिरहेका बेला जलेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ...
सहिदभूमि गाउँपालिकाद्वारा जाडो छल्न १२ सय विद्यार्थीलाई स्वीटर प्रदान

सहिदभूमि गाउँपालिकाद्वारा जाडो छल्न १२ सय विद्यार्थीलाई स्वीटर प्रदान

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले जाडो छल्नका लागि १ हजार २ सय भन्दा बढी विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागि स्वीटर प्रदान गरिएको हो । गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका प्रद्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रमुख तथा प्रतिनिधिलाई सोमवार एक कार्यक्रमकावीच १ हजार २ सय ७१ थान स्वीटर हस्तान्तरण...
प्रदेश १ का थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार नाघ्यो

प्रदेश १ का थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार नाघ्यो

विराटनगर । प्रदेश १ मा सोमवार १५ जना कोरोना संक्रमित थपिएका छन् । २७५ जनाको पीसीआर परीक्षण गर्दा मोरङ र झापामा ४/४, सुनसरीमा ३, इलाममा २ तथा धनकुटा र तेह्रथुममा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १/१ जना कोरोना संक्रमित थपिएका छन् । झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । सुनसरी...
बेलबारीको धौती खोलामा सेल्फी पुल उद्घाटन

बेलबारीको धौती खोलामा सेल्फी पुल उद्घाटन

बेलबारी । मोरङको बेलबारी नगरपालिका–६ स्थित धैती खोलामा सेल्फी पुल उद्घाटन गरिएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमकाबीच रिवन काटेर र पुलमा गाडी गुडाएर उद्घाटन गरेका हुन् । ५ लाख ९७ हजार बराबरको लागतमा निर्माण भएको पुलमा बेलबारी नगरपालिकाले ५ लाख ३० हजार रकम उपलब्ध गराएको थियो भने स्थानीयले ६७ हजार बरावरको जनश्रमदान गरेका थिए । पुल नहुँदा ज्यान जोखिममा राखेर हिडनु पर...
खेलकुद महासंघ मोरङमा गौतम

खेलकुद महासंघ मोरङमा गौतम

मोरङ । खेलकुद महासंघ मोरङको अध्यक्षमा सुजय गौतम चयन भएका छन् । गौतमको अध्यक्षतामा ४१ सदस्यीय खेलकुद महासंघ गठन गरिएको हो । महासंघको उपाध्यक्षमा हेमन्त सुवेदी, सचिवमा द्वारीका रेग्मी, सह–सचिवमा राम लिम्बु र कोषाध्यक्षमा गंगा चौधरी चयन भएका छन् । खेलकुद महांसघ नेकपाको भातृ संगठन हो । यसमा पूर्व एमाले हुँदादेखि नै माधब नेपाल समूहको बर्चश्व छ । माधब र दाहाल निकट मानिने खेलकुद क्षेत्र सम्बद्ध व्यक्त...
विराटनगरमा ओलीलाई व्याङ्ग्य गर्दै बयलगाडा प्रदर्शन (भिडियोसहित)

विराटनगरमा ओलीलाई व्याङ्ग्य गर्दै बयलगाडा प्रदर्शन (भिडियोसहित)

विराटनगर । संसद् विघटनको विरोधमा आन्दोलनरत नेकपाको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज विराटनगरमा बयलगाडासहित प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै विद्यार्थीहरुले बयलगाढा चढेर प्रदर्शन गरेका हुन् । पहिले गणतन्त्र ल्याउछौं भन्नु बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै भएको बताएका ओलीले नेपालमा गणतन्त्र स्थापनापछि अहिले त्यसका उपलव्धिलाई संकटमा पा...
उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

उदयपुर । उदयपुरबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका–१३ मयाङ्खुका ४० बर्षीय प्रकाश कुमार राना मगरलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । जिल्लामा रहेका अबैध हात हतियार संकलन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय कटारीबाट विशेष सुराकीका आधारमा खटिएको टोलीले मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । मगरले आफ्नै घरमा...
धनकुटामा ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी छात्राको मृत्यु

धनकुटामा ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी छात्राको मृत्यु

धनकुटा । धनकुटा वजारमा आइतवार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किच्दा धनकुटा–८ पेलेकपाङ्गकी १५ बर्षीया रेविका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो । सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा विहान करिब ९ः३० बजे ट्याक्टले किचेको हो । सोही विद्...
मोरङ र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । मोरङ र झापा जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा शनिवार सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै दिउँसो करिव १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको मृत्यु भएको । दुर्घटनामा गंभीर घाइते भएका मगरको बिर्तामोडस्थित बि.एण्ड.सी.अस्पताल...
विराटनगरमा बसभित्र एक युवा मृत फेला

विराटनगरमा बसभित्र एक युवा मृत फेला

विराटनगर । विराटनगरमा आज बिहान बस भित्र एक युवा मृत फेला परेका छन् । झापाको केरखा घर भएका २५ बर्षीय राज कुमार थापा मृत फेला परेको प्रहरीले जनाएको छ । बसपार्कमा मे १ ख ३३३३ नम्बरको यात्रुबाहक बसको सिटमा उनी मृत भेटिएका हुन् । उनको साथमा नेसनल किड्नी सेन्टरको विरामी पुर्जा फेला परेको छ । उनी मृगौलापीडित हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको हो । शिवसताक्षी नगरपालिका वडा नंम्बर ३ र ४ मा सोलार प्यानल राख्न प्रतिबिघा २० लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान संघीय ...
विराटनगरमा जनता समाजवादीको शक्ति प्रदर्शन, संसद् पुर्नस्थापनाको माग

विराटनगरमा जनता समाजवादीको शक्ति प्रदर्शन, संसद् पुर्नस्थापनाको माग

विराटनगर । प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै शनिबार विराटनगरमा जनता समाजवादी पार्टी नेपालले शक्ति प्रदर्शन गरेको छ । संसद् विघटनको विरोध गर्दै संसद् पुर्नस्थापनाको मागसहित जनता समाजवादीले शक्ति प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा पार्टीका नेता, कार्यकर्ताले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सार्वभौम संसद पुर्नस्थापना गर, संविधानको रक्षा गर लगायत नारा लगाएका थिए । सयौं नेता कार...
आइसीयूमा उपचार गराएका कोरोना संक्रमितका परिवारलाई २५ हजार प्रदान

आइसीयूमा उपचार गराएका कोरोना संक्रमितका परिवारलाई २५ हजार प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमित भई आइसीयूमा उपचार गराएकी एक महिलाको परिवारलाई आर्थिक सहयोग गरेको छ । महालक्ष्मी–४ चानुवाकी कोरोना संक्रमित ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको परिवारलाई उपचार सहायता स्वरुप २५ हजार प्रदान गरिएको हो । दमारस्थित चानुवा माध्यमिक विद्यालयको बार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उपप्रमु...
पर्यटन विकासका लागि नीतिगत सुधार गरिन्छ: मन्त्री ढकाल

पर्यटन विकासका लागि नीतिगत सुधार गरिन्छ: मन्त्री ढकाल

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रलाई गतिशील बनाउँन नीतिगत सुधारका साथै प्रभावकारी योजना कार्यान्वयनलाई प्राथमिकता दिइने बताएका छन् । शनिबार मोरङ व्यापार संघ र उद्योग सङ्गठन मोरङले गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रको विकास र सम्वद्र्धनका लागि नीतिगत हिसाबमा बाटो पहिचान हुने किसिमले आफुले काम गर्ने उल्...
ठगी गरेर फरार भएका साह १० महिनापछि पक्राउ

ठगी गरेर फरार भएका साह १० महिनापछि पक्राउ

उदयपुर । उदयपुरमा ठगी गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ का २५ वर्षीय सुरेश गुप्ता साह छन् । उनले सार्वजनिक मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाउँछु भन्दै पैसा लिएर ठगी गरेका थिए । जिल्ला अदालत उदयपुरको २०७६ फागुन २९ गतेको फैसलाले उनलाई ठगी मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकेको थियो । अदालतबाट फैसला भएर कैद तथा जरिवाना असुल उपर गनुपर्ने ...
धनकुटाका चार सांसदसहित सातै स्थानीय तहका प्रमुख र उपप्रमुख ओली क्याम्पमा

धनकुटाका चार सांसदसहित सातै स्थानीय तहका प्रमुख र उपप्रमुख ओली क्याम्पमा

धनकुटा । धनकुटाका चार सांसदसहित सातै स्थानीय तहका प्रमुख र उपप्रमुख नेकपाको केपी ओली समूहमा खुलेका छन् । ओली पक्षलाई समर्थन गर्दै उनीहरुले शुक्रवार सामुहिक ऐक्यवद्धता पत्र जारी गरेका छन् । पत्रमा निवर्तमान संघीय सांसद् राजेन्द्र राई, प्रदेश सांसदहरु निरन राई, इन्द्रमणी पराजुली र बीनादेवी राईले हस्ताक्षर गरेका छन् । यता, जिल्ला समन्वय समिति प्रमुखसहित सातै तहका प्रमुख र उपप्रमुख पनि ओली समूहमै ख...
रेक्सओयल प्रयोग गर्दा धनकुटाका खड्गीले पाए टिभी उपहार

रेक्सओयल प्रयोग गर्दा धनकुटाका खड्गीले पाए टिभी उपहार

धनकुटा । मोटरसाइकल तथा स्कूटरमा रेक्सओयल इन्जिन आयल प्रयोग गरेवापत धनकुटाका वर्कसप व्यवसायी विकास खड्गीले उपहार स्वरुप टिभी पाएका छन् । रेक्सओयलका लागि नेपालको आधिकारीक विक्रेता एसके नेपाल एण्ड कम्पनीले व्यवसायी खड्गीलाई ४३ ईन्चको टिभी उपहार दिएको हो । धनकुटा–६ नासल चौक घर भएका खड्गीले धनकुटा–४ स्थित देव्रेवासमा विकास मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका छन् । वर्कसपमा सर्भिसिङका लागि आएका मोटरस...
प्रदेश १ का चार जिल्लामा थपिए १८ कोरोना संक्रमित, ५१ डिस्चार्ज

प्रदेश १ का चार जिल्लामा थपिए १८ कोरोना संक्रमित, ५१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ५/५ साथै झापा र इलाममा ४/४ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १/१ जना संक्रमित थपिएका छन् । त्यस्तै झापाको विर्तामोडमा २, अर्जुनधारा, गौरीगञ्जमा १/१ र इलामको चुलाचुलीमा ४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ...
इलाम र झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम र झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिराटनगर । इलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिकामा ट्रक दुर्घटना हुँनुका साथै झापामा ट्रकले साइकललाई ठक्कर दिएको हो । इलामको माङसेबुङ–२ भोटेडाँडामा गोलिया बोकेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सह–चालक पाँचथरको मिक्लाजुङ गाँउपालिका–४ का ३५ बर्षीय किरण राईको मृत्यु भएको हो । बिहान पाँचथरको रविबाट दमक...
error: Content is protected !!