माया घरका बेसहाराहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क उपचार गर्ने
बिराटनगर । सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका दासीले हस्ताक्षर गरेका छन् । एक बर्षसम्म नोबेल...
































