- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटा नगरपालिका–४ छारागाउँकी ८५ बर्षीया बृद्धको मृत्यु भएको हो ।

Advertisement

श्वासप्रश्वासको समस्याले सताएपछि जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएकी उनलाई त्यहाबाट रेफर गरेर प्रतिष्ठान पठाइएको थियो । पुस १४ गते प्रतिष्ठान भर्ना भएकी बृद्धाको पीसीआर परीक्षण गर्दा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराइरहेकी उनको बिहान करिब ६ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतक बृद्धामा उच्च रक्तचापको समस्यासमेत थियो ।

योसँगै मृत्यु हुँने धनकुटाका कोरोना संक्रमितको संख्या ११ पुगेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । धनकुटामा हालसम्म ११४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय निको भएका छन् भने तीन जना होम आईसोलेशनमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!