संगालोखबर सम्वाददाता

झापा । सर्लाही हरिवन नगरपालिका–४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङबाट झापाको काँकडभिट्टा आउँदै गरेको ना ५ ख ४४८८ नम्बरको यात्रुबहाक बस आज बिहान सर्लाहीमा दुर्घटना भएको हो । बस सडकबाट तल खसेर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको ।

Advertisement

प्रहरीका अनुसार दुर्घटनामा दाङको राप्ती गाउँपालिका–५ की करिव ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै गम्भीर घाइते भएकी राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । गम्भीर घाइते भएका पाँच जनालाई वीरगञ्जस्थित अस्पताल र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!