विराटनगर । विराटनगर-१७ स्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरीको धरान-९ का ३९ बर्षीय सुवास लामीछाने छन् ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले लागुऔषध स्पास्मो-प्रोक्सिभोन-१६९ ट्याब्लेट, निट्राभेट-१५ ट्याब्लेट, निट्जाकेयर-२० ट्याब्लेट र डाइलेक्स-डीसी-२० बोतलसहित उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । लामीछानेविरुद्ध थप कानुनी कारबाही अगाडि बढाईएको छ ।